+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

देउवासँग गगनले भने- विशेष महाधिवेशनको विकल्प छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २१:३६

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  विधान अनुसार महाधिवेशन प्रतिनिधिले बोलाएको महाधिवेशनमा जानुपर्ने धारणा सभापति शेरबहादुर देउवासमक्ष राखेका छन् ।

सभापतिले नै विशेष महाधिवेशनको माग गर्दा पार्टीभित्र पक्ष/विपक्ष नहुने  हुँदा विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाको प्रतिउत्तरमा देउवाले अरु नेताहरूसँग छलफल गरेर निर्णय लिने बताएका थिए । आजै देउवाले पार्टीका सात पूर्वपदाधिकारीहरूसँग पनि छलफल गरेका थिए ।

पार्टीभित्र सहमति जुट्न नसके पछि पटक पटक केन्द्रीय समितिको बैठक सारिएको छ । शुक्रबारको  लागि बोलाइएको बैठक दुई दिन पर सारेर आइतबार बोलाइएको छ ।

महामन्त्री थापाले मंसिर २७ देखि विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए ।

महाधिवेशन चुनाव अघि गर्ने वा पछिबारे कांग्रेसमा सहमति जुट्न सकेको छैन । सहमतिका लागि ६ मंसिरदेखि केन्द्रीय समिति बैठक स्थगित गरिएपनि शीर्ष तहमा सहमति भएको छैन ।

सभापति देउवासँगको छलफलमा समेत आज सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक फेरि सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?