+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ७:५४

१२ मंसिर, धनगढी । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् ।

बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, गोदावरी नगरपालिका–२ को अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका बझाङको जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय बिशाल सिंह र सोही ठाउँका २० वर्षीय घर्मेन्द्र सुनारलाई पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?