+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

कुलमान आफैं उपस्थित भएर उज्यालो नेपालको घोषणा सभा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १३:५८

११ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने भएको छ । पार्टी नेता महेन्द्र लावतीका अनुसार प्रज्ञा भवनमा उज्यालो नेपालले घोषणा सभा गर्ने भएको हो ।

उक्त घोषणा सभामा वर्तमान उर्जामन्त्री कुलमान घिसिङ आफैँ उपस्थित हुने लावतीले बताए । ‘कुलमानजी प्रमुख अतिथि रहेर सभा हुन्छ । त्यसमा एकता गर्ने, सहकार्य गर्ने शक्तिहरू पनि जोडिनुहुन्छ,’ उनले भने, ‘चरणचरणका कार्यक्रम बनेका छन्, यसबारे विस्तारमा खुलाउँदै जान्छौं ।’

अहिलेसम्म उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । अन्य शक्तिसँग पनि सहकार्य र एकताबारे कुरा भइरहेकोले त्यसदिन अरु कोको उपस्थित हुन्छन् भन्ने विषय छलफलकै क्रममा रहेको पनि लावतीले बताए ।

उक्त घोषणा सभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?