+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
९२ बलमा १४१ रन आवश्यक
विराटनगर किंग्स 2025
20/2 (4.4)
Shares

पूर्वएआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश

पार्टीका सभापति रवि लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर पनि आफूलाई रास्वपा प्रवेशमा प्रोत्साहित गरेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:५३

१२ मंसिर, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार रास्वपाको पार्टी कार्यालय बनस्थलीमा एक कार्यक्रमका बीच पोखरेल पार्टी प्रवेश गरेका हुन् ।

पोखरेल नेपाल प्रहरीको आईजीपीका बलियो प्रतिस्पर्धी थिए । १६ महिना सिनियर पोखरेललाई पछि पार्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप सिंहलाई आईजीपी बनाएपछि असन्तुष्ट बनेका पोखरेलले राजीनामा गरेका थिए ।

रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको बताए ।

जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?