News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बाह्य शक्तिले निर्वाचनमार्फत आफूअनुकुल दल र पात्र स्थापित गर्न खोजिरहेको बताएका छन्।
- गुरुङले बाह्य शक्तिले आफूअनुकुल दल र नेताले जित्ने अवस्था नबन्दा निर्वाचन हुन नदिने दाबी गरेका छन्।
- एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाएको र त्यसपछि संविधान ठीक ठाउँमा आउने बताएको छ।
१५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेश हस्तक्षेपकारीहरू नेपालभित्र निर्वाचनमार्फत् आफूअनुकुलको पात्र स्थापित गर्न लागिपरेको बताएका छन् ।
प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङले आफू अनुकुलको दल र पात्र तयार नहुँदासम्म बाह्य शक्तिले निर्वाचन हुन नदिने समेत बताएका छन् ।
‘७० वर्ष लगाएर गरिएको संघर्षको बलमा बनेको संविधान बाह्य शक्तिको योजनामा च्यातचुत गर्दै प्रतिक्रान्ति गरिएको छ । अब उनीहरू निर्वाचनमार्फत् आफूअनुकुलको दल र व्यक्तिलाई निर्वाचनमार्फत स्थापित गर्ने प्रयासमा लागिरहेका छन्,’ उनले भने, ‘उनीहरूको अनुकूल दल र नेताले जित्ने अवस्था नबन्दासम्म तिनलै निर्वाचन हुन दिनेछैनन् ।’
निर्वाचनको मिति घोषणा भइसकेपछि नेकपा एमालेलाई जिल्ला जिल्लामा जान र कार्यक्रम गर्न बाधा पुर्याउनुले बाह्य शक्ति अहिले निर्वाचन चाहँदैन भन्ने पुष्टि गरेको गुरुङको दावी छ ।
‘चुनाव गराउने मनसाय देखिँदैन । बाह्य शक्ति नेपालभित्र जिलेन्सी (युक्रेनका राष्ट्रपति भोलोदिमर जिलेन्सीलाई अमेरिकी एजेन्ट दावी गर्दै गुरुङ) खोजिरहेको छ । जिलेन्सी आउने परिस्थिति बन्यो भने मात्र चुनाव हुन्छ । परिस्थिति बनेन भने चुनाव हुँदैन,’ उनले भने ।
बाह्य शक्तिको योजना असफल बनाउन पनि नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाएको भन्दै उनले पुनर्स्थापनापछि संविधान ठीक ठाउँमा आउने र मुलुक संवैधानिक रूपले अघि बढ्ने बताए ।
प्रतिक्रिया 4