+
+
Shares

बालेनका बुवाको शव अस्पतालबाट निकालियो, आजै आर्यघाटमा अन्त्येष्टि गरिने

बालेनका बुवा रामनारायण शाहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ मंसिर १५ गते १४:५८

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको शव आजै अन्त्येष्टि गरिँदैछ । त्यसका लागि उनको शव अस्पतालबाट बाहिर निकालिएको छ ।

उनको आजै अपराह्न सवा तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बालेनको सचिवालयले जनाएको छ ।

आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।

बालेनलाई पितृ शोक परेको खबरले सरकारका मन्त्रीहरु, नेताहरु र बालेनका समर्थकहरु पनि अस्पताल पुगेका थिए।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?