News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल यूएईसँग २७ रनले पराजित भएर उपविजेता बनेको छ।
- नेपालले ३३.२ ओभरमा १२० रनमा अलआउट भएको थियो र कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए।
- नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङलाई हराएको थियो र सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो।
१५ मंसिर, काठमाडौं । यूएईमा भएको एसीसी यू-१९ प्रिमियर कपमा नेपाल उपविजेता बनेको छ । सोमबार भएको फाइनलमा यूएईसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।
यूएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाए । आशिष लुहार र रोशन विश्वकर्माले समान २५ रन बनाए ।
यूएईका गुग शर्मा र लि असगरले ३-३ विकेट लिए । उदिश सूरी र नूरउल्लाह अयोबीले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो । नेपालका दयानन्द मन्डलले शानदार बलिङ गर्दै सुरुवाती ४ विकेट लिएपि यूएई २०-४ को अवस्थामा पुगेको थियो । यूएईका लागि अहमद खुदाददले ७१ रन बनाएर इनिङ उकासे ।
नेपालका लागि दयानन्द मन्डलले ६.५ ओभरमा १७ रन दिएर ६ विकेट लिए । अपरजित पौडेलले २ विकेट लिए । नितेश पटेल र अशोक धामीले १-१ विकेट लिए ।
नेपालले समूह चरणमा साउदी अरेबिया र हङकङलाई हराएको थियो भने सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो ।
फाइनल नजिते पनि नेपाल एसीसी यू-१९ एसिया कपमा भने छनोट भइसकेको छ ।
प्रतिक्रिया 4