News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरमा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्ने भएको छ।
- पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले सभामा सम्बोधन गर्नेछन्।
- सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको छ।
१६ मंसिर, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजन गर्ने भएको छ । जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा गर्ने जनाएको छ ।
सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता महेन्द्र रायले जानकारी दिए ।
उनले सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4