+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
४३ बलमा ८५ रन आवश्यक
कर्णाली याक्स 2025
117/4 (12.5)
Shares

उमेरहदका कारण अखिलबाट बिदा भएका धिताल एमाले महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १८:५३

१६ मंसिर, काठमाडौं । अनेरास्ववियु केन्द्रीय कमिटीका निर्वतमान सचिव सन्जिब धिताल नेशनल भोलिन्टियर फोर्सबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन । अनेरास्ववियुको २४ औ राष्ट्रिय महाधिवेशनअघि ३२ वर्षे उमेरहद लगाइएपछि महासचिवका दाबेदार धिताल विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए ।

त्यसपछि पार्टी राजनीतिमा लागेका धिताललाई एमालेले मङ्सिर ५ गते गठन गरेको नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डको सेक्रेटेरिएट कमाण्डरको जिम्मेवारी दिएको थियो ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि उनी फोर्सबाटै प्रतिनिधि चुनिएका हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका धितालले २०६५ सालबाट त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीति सुरु गरेका थिए ।

उनी अखिलको त्रिचन्द्रको अध्यक्ष हुँदै केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य हुदै काठमाडौंमा सम्पन्न २३ औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका थिए ।

उनी विद्यार्थी राजनीतिको बेलादेखि नै ओली समूहमा रहेर काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?