News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले ताप्लेजुङका नेता बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई महाधिवेशन प्रतिनिधि छनोट विवादका कारण कारबाही गरेको छ।
- प्रदेश कमिटीले उनीहरूलाई मंसिर ११ गते निलम्बनको पत्र पठाएर १५ दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ।
- साम्सोहाङ र पोमुमाथि यो दोस्रो पटक कारबाही भएको हो र उनीहरूले निर्वाचन कमिटी संयोजकमाथि हमला गरेको आरोप छ।
१६ मंसिर, विराटनगर । नेकपा एमालेले ताप्लेजुङका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्रीलाई कारबाही गरेको छ ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद भएपछि प्रदेश कमिटीले प्रदेश सल्लाहकार तथा कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र पार्टीको कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई कारबाही गरेको हो।
संस्थापनइतर पक्षाका नेता साम्सोहाङ र पोमुमाथि कारबाही भएको यो दोस्रो पटक हो । गत वैशाखमा पनि उनीहरू कारबाहीमा परेका थिए ।
जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले मंसिर ११ गतेको मितिमा उनीहरूलाई निलम्बनको पत्र पठाएको हो । पत्रमा १५ दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको प्रदेश कमिटीले जनाएको छ ।
‘ताप्लेजुङ जिल्ला कमिटीको ६ मंसिरको पत्रअनुसार ११ औं महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि गरेको हमला र निर्वाचन प्रकियामा अवरोध खडा गर्ने काम गर्नुभएको हुनाले सम्बन्धित जिल्ला कमिटीबाट सिफारिस भई आएको हुँदा तपाईंलाई पदमुक्त गर्दै १५ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको छ,’ पत्रमा भनिएको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद गरेका कारण स्पष्टीकरण सोधिएको बताए ।
साम्सोहाङ पूर्वजिल्ला अध्यक्ष हुन् । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको अधिवेशनबाट संस्थापन पक्षले एकलौटी ढङ्गले जिल्ला कमिटी गठन गरेको भन्दै साम्सोहाङ पक्षले विरोध गरेको थियो । विरोधपछि उनीहरू कारबाहीमा परेका थिए ।
प्रतिक्रिया 4