+

प्रिमियर लिगमा हालान्डको कीर्तिमानी १०० गोल पूरा

२०८२ मंसिर  १७ गते ८:१५ २०८२ मंसिर १७ गते ८:१५
प्रिमियर लिगमा हालान्डको कीर्तिमानी १०० गोल पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा १११ खेलमै १०० गोल पूरा गरेका छन्।
  • हालान्डले फुलहमविरुद्धको खेलमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् र सिजनमा १५ गोलसहित शीर्ष स्कोरर बनेका छन्।
  • उनले सन् २०२२ अगस्टमा प्रिमियर लिग डेब्यू गरेका थिए र लगातार दुई सिजन गोल्डेन बुट जितेका छन्।

१७ मंसिर, काठमाडौं । म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् ।

उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ खेलमा १०० गोल गरेका थिए । हालान्डले १११ खेलमै १०० गोल पूरा गरेका हुन् ।

हालान्डले सन् २०२२ अगस्टमा वेस्ट ह्यामविरुद्ध दुई गोल गर्दै प्रिमियर लिगमा डेब्यू गरेका थिए । त्यसयता उनले निरन्तरजसो गोल गर्दै आएका छन् । २०२२/२३ मा ३६ र २०२३/२४ मा २७ गोल गर्दै लगातार दुई सिजन गोल्डेन बुट जितेका छन् ।

फुलहम पनि हालान्डका ‘मनपर्ने’ विपक्षीमध्ये एक बनेको छ । उनले फुलहमविरुद्ध सात गोल गरिसकेका छन् । वुल्भ्सविरुद्ध १०, वेस्ट ह्यामविरुद्ध ९ र म्यान्चेस्टर युनाइटेडविरुद्ध ८ गोल छन् ।

यस सिजन पनि हालान्ड १५ गोलसहित शीर्ष स्कोरर बनेका छन् । क्लब र देशका सबै प्रतियोगिता मिलाएर उनले २३ खेलमा ३२ गोल गरिसकेका छन् ।

यसअघि सेप्टेम्बरमा उनी च्याम्पियन्स लिगका ५० गोल पुर्‍याउने सबैभन्दा छिटो खेलाडी पनि बनेका थिए ।

एर्लिङ हालान्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय