+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
१०७ बलमा १३३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
12/0 (2.1)
Shares

जेनजी आन्दोलन : प्रहरीमाथि कुटपिटको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १८:००

१७ मंसिर, काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

२४ भदौको प्रदर्शनमा उनीहरूले काठमाडौं महानगरपालिका-२४ स्थित विशालबजारमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको प्रहरीको आरोप छ ।

काठमाडौं महानगरपालिका-२० स्थित काष्ठमाण्डप मरुटोलबाट मंगलबार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

पक्राउ परेका चित्रकार यसअघि पनि ज्यान मार्ने उयोगमा प्रहरी वृत्त जनसेवामा मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?