१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल चार बजेदेखि टियू क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
एनपीएलले क्रिकेटको विकास मात्र नभइ समग्रमा अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुर्याउने विश्वास गरिएको छ ।
यसै विषयमा आज नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियासँग एनपीएल, क्रिकेट र पर्यटन, एनपीएलले नेपाली क्रिकेट र नेपाली पर्यटनमा पार्ने प्रभाव र आज हुने खेलको विषयमा कुराकानी गरिएको छ ।
थपलियाले अहिले नेपालको हट टपिक नै एनपीएल भएको बताउँदै यसले नेपालको पर्यटनमा पनि ठूलो प्रभाव पारेको बताएका छन् ।
प्रतिक्रिया 4