News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्लेअफ समिकरण विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि पूरा भएको छ।
- पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ भने काठमान्डु गोर्खाजले लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ।
- सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर मंगलबार र काठमान्डु र लुम्बिनीबीच एलिमिनेटर बुधबार हुनेछ भने पोखरा एभेन्जर्स प्लेअफ नपुगेको छ।
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । शनिवारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेपछि प्लेअफको समिकरण तय भएको छ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सुदूरपश्चिम ७ मा ६ जित र १ हारबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
विराटनगरले विष्फोटक ब्याटिङ रग्दै सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १२ ओभर भित्रै पूरा गरेपछि काठमान्डु गोर्खाजलाई पछि पार्दै क्वालिफायरमा पुगेको हो ।
विराटनगर र काठमान्डु गोर्खाजको समान ५ जितबाट १० अंक भएपनि नेट रनरेटमा विराटनगर अघि रहेको छ ।

विराटनगरसँग रनरेटमा पछि परेपछि काठमान्डुले अब चौथो स्थानमा रहेको लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नेछ । लुम्बिनीले लिगमा ७ मध्ये ४ जित र ३ हारबाट ८ अंक जोडेर चौथो भएको थियो ।
सुदूरपश्चिम बाहेक बाँकी तीन टिम पहिलो पटक एनपीएलको प्लेअफमा पुगेका हुन् ।
अब आउने मंगलबार सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर हुनेछ । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै काठमान्डु र लुम्बिनी बीच बुधबार एलिमिनेटर खेल हुनेछ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ ।
पोखरा एभेन्जर्स दुवै संस्करणमा प्लेअफ नपुग्ने एक मात्र टिम बनेको छ ।
प्रतिक्रिया 4