+
+
Shares

कलाकारका नाममा पैसा माग्ने प्रवृत्ति बढ्दै, सचेत रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकारहरूको नाम र फोटो दुरुपयोग गरेर प्रंशसकहरूसँग पैसा माग्ने प्रवृत्ति सामाजिक सञ्जालमा बढेको छ।

कलाकारहरूको नाम र फोटो दुरुपयोग गरेर प्रंशसकहरूसँग पैसा माग्ने प्रवृत्ति बढेको छ । सार्वजनिक रूपमा पोस्ट भइसकेका फोटोहरू दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत पैसा माग्ने प्रवृत्ति बढेको हो ।

अहिले सामाजिक सञ्जालमा यसबारे कलाकारहरूले लेख्न थालिका छन् । केही दिन जोन एन्ड दी लोकल्सका गायक जोन चाम्लिङले यस्तो हर्कतबारे खुलेरै लेखे । उनले कसैले आफ्नो नाम र फोटो प्रयोग गरेर पैसा मागिरहेकोबारे सबैलाई जानकारी गराइसकेका छन् ।

त्यस्तै स्वप्निल शर्मा संलग्न ‘स्वर’ले पनि यस प्रकारको ठगीबाट बच्न आग्रह गरेको छ । यसमा पूर्ण राई एन्ड दाजुभाइका गायक पूर्ण राईले पनि यस प्रकृतिको सूचना निकालेका छन् ।

सामान्यतया: कलाकारहरू आफ्नो प्रंशसकहरूसँग साामाजिक सञ्जालमार्फत पैसा माग्ने गर्दैनन् । तर, यस ट्रेन्डलाई विश्लेषण गर्दा ठगहरूले प्राय: कलाकारहरूको नाम र फोटो प्रयोग गरेर नक्कली अकाउन्ट बनाउने गर्छन् । अनि त्यसबाट अन्य व्यक्तिलाई म्यासेज पठाउँदै पैसा माग्ने गरिन्छ ।

यसबाट बँच्न कलाकारहरूका वास्तविक अकाउन्टलाई फलो गर्ने, त्यसप्रकृतिको म्यासेज आए अकाउन्ट चेक गर्ने, नक्कली भेटिएको खण्डमा रिपोर्ट गर्ने, त्यस्ता अकाउन्टमार्फत आएका म्यासेजहरूलाई वेवास्ता गर्ने लगायतका काम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?