+
एनपीएल २०२५ :

एनपीएलका महँगा खेलाडी : शेर मल्ल चम्किए, अन्यको प्रदर्शन कस्तो ?

२०८२ मंसिर  २२ गते १७:४९ २०८२ मंसिर २२ गते १७:४९

दोस्रो संस्करणका लागि गरिएको मिनी अक्सनमा महँगा खेलाडी बनेका खेलाडीहरुको प्रदर्शन भने सस्तो देखिएको छ । दोस्रो संस्करणमा चार खेलाडी सबैभन्दा बढी १५ लाखमा अनुबन्ध भएका थिए तर उनीहरुको प्रदर्शन भने ठिक विपरित देखियो ।

एनपीएलका महँगा खेलाडी : शेर मल्ल चम्किए, अन्यको प्रदर्शन कस्तो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा २८ खेल सकिएपछि प्लेअफ पुग्ने चार टोली टुङ्गो लागेको छ।
  • मिनी अक्सनमा महँगा अनुबन्ध भएका खेलाडीहरुको प्रदर्शन अपेक्षा अनुसार नभए पनि स्पीनर शेर मल्लले लुम्बिनी लायन्सलाई प्लेअफसम्म पुर्‍याउन ठूलो योगदान दिएका छन्।
  • अक्सनमा सबैभन्दा महँगा १० खेलाडीमध्ये अधिकांशले राम्रो प्रदर्शन गर्न सकेनन्, जसमा विराटनगरका सूर्य तामाङ र काठमान्डु गोर्खाजका आदिल आलम पनि छन्।

२२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लिग चरणका २८ खेल सकिएको छ र प्लेअफ पुग्ने चार टोलीको टुङ्गो पनि लागिसकेको छ ।

यस्तै ब्याटिङमा विदेशी खेलाडी हावी हुँदा बलिङमा नेपाली खेलाडीहरुको वर्चस्व छ । तर दोस्रो संस्करणका लागि गरिएको मिनी अक्सनमा महँगा खेलाडी बनेका खेलाडीहरुको प्रदर्शन भने सस्तो देखिएको छ ।

दोस्रो संस्करणमा चार खेलाडी सबैभन्दा बढी १५ लाखमा अनुबन्ध भएका थिए । तर उनीहरुको प्रदर्शन भने यो अनुबन्ध भन्दा ठिक विपरित देखियो । यस्तै ६ खेलाडी १० लाखमा अनुबन्ध भएका थिए । त्यसमा लुम्बिनी लायन्सबाट खेलिरहेका स्पीनर शेर मल्ललाई छाडेर अन्यको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन ।

शेर मल्लले आफ्नो स्पीन जादु देखाउँदै लुम्बिनीलाई प्लेअफ सम्म पुर्‍याउन ठूलो योगदान गरे । साथै उनी लोअर अर्डमा ठूलो प्रहार गर्न पनि सक्षम छन् भन्ने देखाए । महँगा खेलाडीमध्ये शेर मल्लले लिग चरणमा ७ खेलबाट १० विकेट लिँदै सर्वाधिक विकेट लिनेमा संयुक्त रुपमा पाँचौ स्थानमा रहे ।

सर्वाधिक १५ लाखमा अनुबन्ध हुनेमा चितवन राइनोजकै दुई खेलाडी अर्जुन साउद र देव खनाल थिए । अर्जुन विकेटकिपर ब्याटर हुन् भने देव टप अर्डर ब्याटर हुन् । अक्सनमा चितवनले यी दुई खेलाडी पाउँदा जुन खुशी थियो खेलमा भने त्यो उनीहरुले दिन सकेनन् ।

यस्तै काठमान्डु गोर्खाजका अलराउण्डर आदिल आलम र कर्णाली याक्सका अलराउण्डर पवन सर्राफ थिए । यी चारै खेलाडीले सोचे अनुसार खेल देखाउन सकेनन् ।

अक्सनमा सबैभन्दा महँगा रहेका १० खेलाडीको टिम र प्रदर्शन यस्तो छ ।

देव खनाल र अर्जुन साउद (१५ लाख) – चितवन राइनोज

अक्सनमा सबैभन्दा धेरै रकम खर्च गर्ने टोलीमा चितवन राइनोज थियो । उसले दुई खेलाडीलाई सर्वाधिक १५ लाख अर्चर गरेर अनुबन्ध गरेको थियो । ती खेलाडी थिए विकेटकिपर अर्जुन साउद र ब्याटर देव खनाल । तर दुवै खेलाडीले मैदानमा अपेक्षा अनुसार खेल देखाउन सकेनन् ।

देवले ७ खेल खेल्दा ५ खेलमा ब्याटिङ गर्दै १२८ रन बनाए । उनको उच्च स्कोर ३५ थियो । काठमान्डु विकेट बलिङ पनि गरे विकेट लिन सकेनन् ।

यस्तै अर्जुन साउद विकेटकिपर ब्याटरको भूमिकामा खेलेका थिए । उनी ओपनर भएपनि उनलाई सुरुको चार खेलमा फिनिसरको रोलमा खेलाइएको थियो जसले गर्दा खासै रन निस्केन उनको ब्याटबाट ।

कर्णाली र लुम्बिनीविरुद्ध समान ८ रनमा अविजित रहेका उनले विराटनगरविरुद्ध ब्याटिङ गरेनन् । विकेटकिपिङमा १ क्याच लिएका थिए । काठमान्डुविरुद्ध भने २ रनमा आउट भए ।

चितवनका पछिल्ला तीन खेलमा भने उनले ओपनिङ गरे । जनकपुरविरुद्ध ५२ रन बनाउँदा सुदूरपश्चिमविरुद्ध १६ रन बनाए । पोखरा विरुद्ध १ रनमा आउट भए ।

अर्जुनले लिग चरणमा जम्मा ८७ रन बनउदा १ क्याच लिए ।

मोहम्मद आदिल आलम (१५ लाख) – काठमाण्डु गोर्खाज

आदिल आलम

अक्सनको सबैको नजर भएको र बोली लगाएका खेलाडी थिए मोहमम्द आदिल आलम । उनका लागि लागि ८ वटै टोलीले बोली लगाउँदा काठमान्डु गोर्खाज लक्की ड्र मा भाग्यमानी बनेको थियो ।
पहिलो पटक एनपीएलमा समावेश भएका उनले अपेक्षा अनुसार खेल देखाउन सकेनन् ।

आदिल आलमलले ७ खेल खेल्दा ६ खेलमा ब्याटिङ गर्दै जम्मा ६७ रन मात्र बनाउन केन । उनले लिग चरणमा विराटनगर विरुद्ध अविजित ४८ रन बनाएका थिए । त्यो नै उनको उच्च स्कोर रह्यो । उनले कर्णाली विरुद्ध ब्याटिङ गरेनन् ।

यस्तै उनले पोखरा विरुद्ध बलिङ पनि गरे तर विकेट लिन सकेनन् ।

सन्तोष यादव (१० लाख) – काठमाण्डु गोर्खाज

काठमान्डुले नै अक्सनमा धेरै पैसा खर्चेका अर्को खेलाडी युवा अलराउण्डर सन्तोष यादव हुन् । उनले सुरुमा मिडल अर्डरमा ब्याटिङ पछिल्ला खेलमा ब्याटिङ गरेननज् ।

सन्तोषले ७ खेलमा ४ खेलमा ब्याटिङ गर्दै ५३ रन बनाए भने ३ खेलमा ब्याटिङ गरेनन् । उनले बलिङमा सबै खेलमा बलिङ गरे । ५ खेलमा १-१ विकेट गरी कूल ५ विकेट लिए ।

नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक मोन्टी देसाईले सुरुवात देखि नै सन्तोषलाई पहिलो रोजाईमा खेलाउँदै अवसर दिएका थिए ।

सुरुमा राम्रो सम्भावना देखाएपनि पछिल्ला खेलहरुमा भने उनले प्रदर्शन देखाउन सकेनन् ।

हेमन्त धामी (१० लाख) – सुदुरपश्चिम रोयल्स

हेमन्त धामीले यस सिजन लिगमा ५ खेल खेल्दै ६ विकेट लिए । उनले ४ खेलमा विकेट लिँद १ खेलमा विकेट लिन सकेनन् ।

पहिलो खेलमा काठमान्डु र चौथो खेलमा लुम्बिनीविरुद्ध २-२ विकेट लिए । तर पूर्व टिम जनकपुर विरुद्ध विकेट लिएनन् ।

स्कट कुग्लेइन र अविनाश बोहरा जस्ता बलर हुँदा उनलाई पनि फाइदा कन्फिडेन्स पनि बढेको देखिएको थियो ।

पछिल्लो खेलहरुमा भने हेमन्त धामी पहिलो रोजाईँमा खेलेका छैनन् । उनको स्थानमा आइकोनिक हिक्मत महराले खेले ।

हेमन्तले काठमान्डु र लुम्बिनीविरुद्ध ब्याटिङ गर्दा ३ र १ रनमा अविजित रहे ।

सूर्य तामाङ (१० लाख) – विराटनगर किङ्स

यस सिजन विराटनगरले अक्सनबाट स्पीनर सूर्य तामाङलाई १० लाखमा अनुबन्ध गरेको थियो । तर उनको रकम अनुसारको प्रदर्शन भने भएन । उनले ५ खेलमा जम्मा ४ विकेट लिए । ३ खेलमा मात्र विकेट लिए ।

सुरुवाती चार खेलपछि सूर्य दुई खेलमा ड्रप भएका थिए । लिगको अन्तिम खेल सुदूरपश्चिमसँग तर विकेट लिएनन् ।

शेर मल्ल र दिलिप नाथ (१० लाख) – लुम्बिनी लायन्स

लुम्बिनी लायन्सले पनि अक्सनमा दुई खेलाडीलाई महँगो रकम तिरेको थियो । त्यसमा स्पीनर शेर मल्ल र विकेटकिपर ब्याटर दिलिप नाथ थिए ।

शेरले पहिलो सिजन च्याम्पियन टिम जनकपुर बोल्ट्सबाट खेलेका थिए । तर जनकपुरले उनले दोस्रो सिजनअघि रिलिज गरेपछि धेरैको नजरमा उनी थिए । लुम्बिनीले पनि स्पीनर सूर्य तामाङलाई रिलिज गरेको हुँदा शेरलाई अनुबन्ध गर्‍यो ।

शेरले त्यो अनुसारको खेल पनि देखाए । उनी एक खेलमा प्लेअर अफ दि म्याच समेत बने ।

शेरले लिग चरणमा ७ खेल खेल्दा कूल १० विकेट लिए भने ब्याटिङमा ३९ रन पनि बनाए । उनले काठमान्डु विरुद्ध २७ रन बनाएका थिए । जुन उनको उच्च स्कोर थियो ।

यस्तै विराटनगर विरुद्ध ३-२५ उत्कृष्ट बलिङ । पहिलो खेलमा चितवन र सुदूरपश्चिमविरुद्ध विकेट लिन सकेनन् । ५ खेलमा विकेट लिए ।

त्यसैगरी विकेटकिपर दिलिपले लिग चरणमा सबै ७ खेल खेले । तर सुरुवाती दुई खेलमा सामान्य चोटका कारण उनले विकेटकिपिङ गरेनन् । आइकोनिक प्लेअर समिर अलीले किपिङ गरेका थिए ।
त्यसपछि दिलिपले दुई खेलमा किपिङ गरे ।

दिलिपले ७ खेलमा ब्याटिङ गर्दै ११३ रन बनाए । सुदूरपश्चिमविरुद्ध ३१ रन उनको उच्च स्कोर थियो । पछिल्लो खेलमा विराटनगरलाई हराउँदै अविजित १५ रनको पारी खेलेका थिए ।

पवन सर्राफ (१५ लाख) – कर्णाली याक्स

पवन सर्राफ

आदिल आलम जस्तै पहिलो पटक एनपीएल खेल्ने अर्का खेलाडी हुन पवन सर्राफ । उनलाई कर्णाली याक्सले १५ लाखमा अनुबन्ध गरेको थियो । पवनले ७ खेल खेल्दै ब्याटिङमा १०९ रन बनाए । उनको उच्च स्कोर ३५ रन काठमान्डु विरुद्ध थियो ।

पवनले ५ खेलमा ब्याटिङ गर्ने अवसर पाए । सुरुवात राम्रो पाएपनि निरन्तरता दिन सकेनन् । लुम्बिनीविरुद्ध ब्याटिङ र बलिङ दुवै पाएनन् । ७ मध्ये ४ खेलमा बलिङ गर्दा ३ खेलमा विकेट लिए । उनको नाममा जम्मा ३ विकेट रह्यो ।

युवराज खत्री (१० लाख) – कर्णाली याक्स

कर्णालीले अक्सनबाट युवा लेग स्पीनर युवराज खत्रीलाई पनि अनुबन्ध गरेको थियो । अक्सनमा ठूलो रकम खर्च गरिएको थियो । लेग स्पीनमा नयाँ विकल्पको रुपमा हेरिएको खेलाडी हुन युवराज ।

सुरुवातदेखि नै उनले पहिलो रोजाइमा खेलेपनि बलिङमा खासै धेरै अवसर पाएनन् । ५ खेल खेल्दा ४ खेलमा बलिङ गरे । तर जम्मा ३ विकेट मात्र लिए ।

उनले ३ खेलमा मात्र विकेट लिए । विराटनगरविरुद्ध बलिङ गरेनन् । सुदूरपश्चिम विरुद्ध ब्याटिङ गरेपनि शुन्यमा आउट भए ।

समग्रमा ५ खेल खेल्दा जम्मा ३ विकेट उनको नाममा रह्यो । जनकपुरविरुद्ध लिगको अन्तिम खेलमा ड्रप भएका थिए ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय