+

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडको जित

२०८२ मंसिर  २४ गते १२:०२ २०८२ मंसिर २४ गते १२:०२
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोना फुटबल क्लबले युरोपियन च्याम्पियन्स लिगमा एट्राक्ट फ्रान्कफर्टलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
  • बार्सिलोनाका जुलेस कोन्डेले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेका थिए।
  • एट्लेटिको मड्रिडले पीएसभीलाई ३-२ गोलअन्तरले हराउँदै सातौं स्थानमा उक्लिएको छ।

२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले जित हासिल गरेका छन् ।

बार्सलोनाले एट्राक्ट फ्रान्कफर्टमाथि २-१ को जित हासिल गर्‍यो । बार्सिलोनाका लागि दुवै गोल जुलेस कोन्डेले गरे ।

खेलको २१औं मिनेटमा असगर नाउफको गोलमा फ्रान्कफर्टले अग्रता लिएपनि कोन्डेले दोस्रो हाफको ५०औं र ५३औं मिनेटमा गोल फर्काए ।

जितपछि ६ खेलमा १० अंक भएको बार्सिलोना च्याम्पियन्स लिग अंकतालिकामा १४औं स्थानमा उक्लिएको छ । फ्रान्कफर्ट ४ अंकसहित ३०औं स्थानमा छ ।

त्यस्तै गएराति नै भएको खेलमा अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडले पीएसभीमाथि ३-२ गोलअन्तरको जित हासिल गर्‍यो । एट्लेटिकोको जितमा जुलियन अल्भारेज, डेभिड हाको र एलेक्जेन्डर सोर्लोथले एक-एक गोल गरे ।

पीएसभीले १०औं मिनेटमा गस टिलको गोलमार्फत अग्रता लिएको भएपनि एट्लेटिकोले ३७औं, ५२औं र ५६औं मिनेटमा गोल गरेको थियो । ८५औं मिनेटमा रिकार्डो पेपीले गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

यो जितपछि एट्लेटिको मड्रिड ६ खेलमा १२ अंकसहित सातौं स्थानमा छ । पीएसभी ८ अंकसहित १९औं स्थानमा छ ।

एट्लेटिको मड्रिड बार्सिलाेना युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय