News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा लगातार दोस्रो साता आठौं स्थानमा रहेका छन्।
- दीपेन्द्रको रेटिङ अंक २०२ रहेको छ र नेपालले पछिल्लो समय कुनै टी-२०आई खेल खेलेको छैन।
- कुशल भुर्तेल अलराउण्डर वरीयतामा २५औं स्थानमा रहेका छन् र पाकिस्तानका सायम अयुब शीर्ष स्थानमा छन्।
२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा आठौं स्थानमा यथावत् रहेका छन् ।
आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता आठौंमै रहेका हुन् ।
नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा पनि दीपेन्द्रको वरीयतामा असर परेको छैन ।
दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि अघिल्लो साता भएको अपडेटमा पनि दीपेन्द्र आठौंमै थिए ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज यथावत् छन् ।
चौथोमा भारतका हार्दिक पान्ड्या उक्लिएका छन् । पाकिस्तानका मोहम्मद नवाज र अफगानिस्तानका मोहम्मद नाबी क्रमश: पाँचौ र छैटौं स्थानमा झरेका छन् ।
वेस्ट इन्डिजका रोमारियो शेपहर्ड सातौंमा झरेका छन् । कुशल भुर्तेल अलराउन्डर वरीयतामा २५औं स्थानमा यथावत् छन् ।

प्रतिक्रिया 4