२४ मंसिर, गुल्मी । गुल्मीको भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
नेपालकै कान्छा ज्योतिषको पहिचान बनाएका रेसुङ्गा नगरपालिका–१० निवासी चुरामणि पाण्डेले आफैंले अध्ययन गरेको उक्त विद्यालयका करिब १५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।
पाण्डेले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराएको विद्यालयले जनाएको छ ।
आफैंले पढेको विद्यालयमा सामाजिक भाव स्वरूप केही गरौं भन्ने उदेश्यले न्यानो कपडा सहयोग गरेको पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4