+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

बन्द ह्यात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ।
  • होटलमा २४ भदौमा भएको तोडफोड र आगजनीका कारण कम्तीमा एक वर्ष पुनर्निर्माण लाग्ने र बन्द अवस्थामा पनि कर्मचारीको रोजगारी सुरक्षित रहने व्यवस्थापनले जनाएको छ।
  • सहमति अनुसार होटलले कर्मचारीलाई न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा योगदान गर्नेछ र मर्मतपछि पुनः रोजगारीमा फर्काउने योजना बनाएको छ।

२५ मंसिर, काठमाडौं । बौद्धस्थित ह्यात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर श्रमिकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ । २४ भदौमा जेनजी आन्दोलनका क्रममा होटलमा तोडफोड, आगजनी र लुटपाट भएपछि अहिले बन्द छ ।

होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने भन्दै होटल व्यवस्थापनले कर्मचारीका प्रतिनिधिसँग छलफल गरी सहमति गरेको हो । ‘आन्दोलनका क्रममा भएको तोडफोडका कारण ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ। पूर्णरूपमा मर्मत सम्भार नगरी होटल सञ्चालन हुने अवस्था छैन’ होटल व्यवस्थापनले एक विज्ञप्तिमार्फत भनेको छ ।

सहमतिअनुसार होटलले कर्मचारीलाई एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिक उपलब्ध गराउनेछ । साथै सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्नेछ । होटल बन्द अवस्थामा पनि कर्मचारीको रोजीरोटी तथा रोजगारीको सुरक्षा हुने व्यवस्थापनले जनाएको छ ।

मर्मत–सम्भार पूरा भएपछि सहमतिमा बस्ने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने होटलले जनाएको छ । सहमतिमा अधिकांश कर्मचारी सकारात्मक रहेको व्यवस्थापकको दाबी छ । सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने होटलले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?