+

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

२०८२ मंसिर  २८ गते १२:२० २०८२ मंसिर २८ गते १२:२०
नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शनिबार काठमाडौंमा ५३ औँ केन्द्रीय सभा आयोजना गरिएको हो ।

संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा महासचिव विष्णुलाल श्रेष्ठले २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खोकना आरोग्य आश्रमका कुष्ठरोग प्रभावित वृद्धवृद्धाहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो । कुष्ठरोगको समयमै उपचार गरे अपांगता हुनबाट बच्न सकिने डा. जिराज श्रेष्ठn] बताए । उनले अझै पनि समाजमा कुष्ठरोग लुकाउने र समयमा उपचार नगर्ने समस्या रहेको उल्लेख गर्दै यसप्रति सचेतना आवश्यक रहेको धारणा राखे ।

कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि भेदभावको डरले लुकाउने प्रवृत्तिले अझै रहेको सभामा सहभागीहरूले बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. गौरीशंकर लाल दासलाई राखिएको थियो ।

संघका प्रमुख प्रगति तथा गतिविधिहरू

संघले छात्रावास सञ्चालन गरेको फर्पिङस्थित नेपाल कार्ल गेरोल्ड बाल निकेतन छात्रावासमा कुष्ठरोग प्रभावितका ५८ जना बालबालिका लाई आवास, शिक्षा र अन्य सुविधा प्रदान गरिएको छ । गत वर्षको एसईई परीक्षा दिएका ६ जनामध्ये ४ ले बी ग्रेड र २ ले सी ग्रेड प्राप्त गरेका थिए । हालसम्म ७५५ विद्यार्थीले संघको सहयोगमा विद्यालयस्तरको शिक्षा पूरा गरेका छन् ।

साथै उच्च शिक्षामा छात्रवृत्ति पनि दिइरहेको छ । नर्सिङ, आईटी, मेडिकल ल्याब, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा २६ जनालाई छात्रवृत्ति प्रदान गरेको छ ।यसमार्फत हालसम्म १८९ जना लाभान्वित भएका छन् ।

सामुदायिक विद्यालयमा कुष्ठ प्रभावित तथा द्वन्द्वपीडितका ५८ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । संघले सञ्चालन गरेको खोकना आरोग्य आश्रममा १३३ जना र पोखरा आश्रममा १३ जना कुष्ठरोग प्रभावितलाई आश्रय दिइरहेको छ । जसमा खाद्यान्न, लत्ताकपडालगायत सुविधा दिइन्छ। ६७ जनाले जीवन निर्वाह भत्ता समेत पाइरहेका छन्

संघले कुष्ठरोग प्रभावितहरूका लागि सामाजिक पुनर्स्थापना अन्तरगत १८० घर निर्माण गरी २५८ परिवारका ७०० जनालाई पुनर्स्थापित गरेको छ । प्रतिवेदनमा सरकारी तथ्यांक उल्लेख गर्दै तराई र पहाडका १८ जिल्लामा कुष्ठरोगको प्रकोप बढीरहेको र वार्षिक करिब ३ हजार नयाँ बिरामी फेला पर्ने जानकारी उल्लेख छ ।

संघले नेपाल सरकार, विभिन्न मन्त्रालय, दातृ संस्था तथा नगरपालिकालाई सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । पुनर्स्थापना र जनचेतनामार्फत कुष्ठरोग निवारणमा संघको योगदान प्रशंसनीय रहेको सभामा सहभागीहरूले बताएका छन् ।

कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि समाजमा अझै भेदभाव र लुकेर बस्ने प्रवृत्ति रहेको सभामा छलफल भएको थियो । संघले शिक्षा, पुनर्स्थपना र जनचेतनामार्फत कुष्ठरोग निवारणमा योगदान दिइरहेको छ ।

कुष्ठरोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग