२८ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन् ।
आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् ।
‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौं । मतभन्दा महत्त्वपूर्ण मन हो,’ उनले भने ।
संख्याले हाम्रो क्षमता निर्धारण नगर्ने भन्दै नेता भट्टराईले पार्टीभित्र मन मिलाउन अध्यक्ष लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘अध्यक्षज्यू तपाईँ मन मिलाउन लाग्नुस्, संख्या होइन ।’
उनले अगाडि भने, ‘हामी गम्भिर मोडमा छौँ । केन्द्रीय कमिटीको अन्तिम बैठकमा छौं । केन्द्रीय कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ । केही कमरेडले देखाएको आशंका प्रति म के भन्न चाहन्छु भने हामी सबै एउटै डुंगामा छौं । २३ र २४ भदौले हामी सबलाई दरो झापड हानेको हो । यसलाई कम नआकौँ । संख्याले हाम्रो क्षमता निर्धारण गर्ने होइन ।’
प्रतिक्रिया 4