२८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
अर्थतन्त्रलाई चलयमान बनाउनका लागि वर्तमान गभर्नर पौडेलबाट सकारात्मक काम हुन नसकेको र अनुभवसमेत नभएको भन्दै पौडेललाई बर्खास्त गरेर नयाँ गभर्नर नियुक्ति गर्न युनाइटेडको माग छ ।
राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको चलखेलमा नियुक्त गरेको, गभर्नरविरुद्ध विभिन्न निकायका अनुसन्धान भइरहेको आरोप जेनजी युनाइटेडको छ । पौडेलको नियुक्ति नै राष्ट्र बैंक ऐनको विरुद्ध भएको जेनजी युनाइटेडका संयोजक जनक परियारले दाबी गरे ।
जेनजी युनाइटेडले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा बित्तिय संस्थाको मनपरीलाई रोक्नुपर्ने, बैदेशिक ऋणको सदूपयोग गर्नुपर्ने लगाएका माग राखेको छ ।
प्रतिक्रिया 4