+
+
Shares

प्रतिनिधिसभा चुनाव : सोलुखुम्बुबाट कांग्रेसमा प्रत्यक्षतर्फ १३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १८:५५
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सोलुखुम्बुबाट प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ १३ जनाको नाम सिफारिस गरेको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि प्रत्यक्षतर्फ बलबहादुर केशी, आङगेलु शेर्पा, बिनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, सुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन र रीना उप्रेतीको नाम सिफारिस भएको हो ।

समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पूजा फुँयाल र दुर्गाप्रसाद दर्जी सिफारिस भएका छन् ।

राष्ट्रिय सभा तर्फ भने भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?