Listen News
0:00
0:30
१ पुस, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाडौं समग्रमा संसारकै अस्वस्थ सहरमध्ये ११औं स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । यी दुवै सहरमा वायु प्रदूषणले खतरनाकको तह अर्थात ३१५ नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4