News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राईकी पत्नी बेनुका राई २ वर्षपछि गायनमा फर्किएकी छन् र फिल्म 'मिरमिरे' मा पाश्र्वगायिका बनेकी छिन्।
- फिल्म 'मिरमिरे' मा बेनुकाको स्वर रहेको गीत 'कथा' मा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ।
- फिल्ममा दयाहाङ र बेनुका पहिलोपटक एउटै फिल्ममा काम गरेका छन् र निर्देशन यम शेर्पाले गरेका छन्।
काठमाडौं । अभिनेता दयाहाङ राईकी पत्नी बेनुका राईको परिचय कुशल गायिकाको रुपमा छ । उनी चर्चित गायिका पनि हुन् । उनै बनेुका २ वर्षपछि गायनमा फर्किएकी छन् ।
निर्माणाधिन फिल्म ‘मिरमिरे’ मा उनलाई पाश्र्वगायिकाको रुपमा सुन्न पाइनेछ । पछिल्ला वर्षहरूमा परिवारिक व्यस्ततामा अल्झिएकी बेनुकाको यो सांगीतिक कमब्याक अवश्य हो ।
२ वर्षअघि उनले गीत ‘साइबा’ ल्याएकी थिइन् । यसबाहेक उनले थुप्रै पूर्वेली भाकामा स्वर दिएकी छिन् ।
सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको प्रेषित विवरणमा उल्लेख छ । बेनुकाको स्वर रहेको उक्त गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको उक्त फिल्मको शीर्ष भूमिकामा बेनुकाका श्रीमान दयाहाङ छन् । सम्भवतः पहिलोपटक दयाहाङ र बेनुकाले एउटै फिल्मको लागि काम गरेका हुन् ।
यो फिल्ममा प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय छ ।
निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।
प्रतिक्रिया 4