+
+
Shares

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १५:१३
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ ।

उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दा दायर गरेको एक सातामै त्यही विमानस्थलका प्रमुख रहेका व्यक्तिमाथि अर्को मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?