News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको यिन्हे स्पोर्ट्स कम्पनीले राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ।
- नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे।
- सम्झौताअन्तर्गत यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकासका लागि खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ।
१ पुस, काठमाडौं । चीनको अग्रणी टेबलटेनिस ब्रान्ड मध्ये एक यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ ।
नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोटर््सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता दुई वर्षका लागि कायम रहने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
सम्झौताअन्तर्गत यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ ।
प्रतिक्रिया 4