+

आईपीएलको मिनी अक्सनपछि कुन टिम कस्तो बन्यो ?

२०८२ पुष  २ गते १४:२८ २०८२ पुष २ गते १४:२८
आईपीएलको मिनी अक्सनपछि कुन टिम कस्तो बन्यो ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को मिनी अक्सनमा अस्ट्रेलियाका क्यामरन ग्रीन सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्।
  • चेन्नई सुपर किङ्सले प्रशान्त वीर र कार्तिक शर्मालाई ठूलो रकममा अनुबन्ध गर्दै आफ्नो रणनीतिमा परिवर्तन गरेको छ।
  • कोलकाता नाइट राइडर्सले क्यामरन ग्रीनलाई २५.२० करोडमा अनुबन्ध गरी अक्सनको केन्द्रमा रहँदै टोलीमा सबै विभागमा गहिराइ थपेको छ।

२ पुस, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ का लागि मंगलबार मिनी अक्सन भइसकेको छ । मेगा अक्सनजस्तो चर्चा र रोमाञ्च नभएपनि खेलाडीहरू अनुबन्ध गरेर सबै फ्रेन्चाइजले आफ्नो टोलीलाई अन्तिम रूप दिएका छन्।

यसपटकको मिनी अक्सनमा अस्ट्रेलियाका क्यामरन ग्रीन सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । त्यस्तै केही इमर्जिङ खेलाडीहरू पनि राम्रो रकममा अनुबन्ध भएका छन् ।

केही टिमले ठूला र जोखिमपूर्ण निर्णय गरे भने केहीले स्थिरता र गहिराइलाई प्राथमिकता दिए।

यहाँ प्रत्येक टोलीको अक्सनपछि बनेको स्वरूप संक्षेपमा प्रस्तुत गरिएको छ।

चेन्नई सुपर किङ्स

पाँचपटकको विजेता चेन्नईले यसपटक आफ्नो परम्परागत अनुभव–केन्द्रित रणनीतिबाट हटेर ठूला निर्णय गर्‍यो। दोस्रो ठूलो पर्ससहित अक्सनमा प्रवेश गरेको चेन्नईले दुई अनक्याप्ड खेलाडीहरू प्रशान्त वीर र कार्तिक शर्मामा ठूलो रकम खर्च गर्‍यो, जसले टोलीको सोचमा परिवर्तन देखायो।

चेन्नईले अक्सनबाट वेस्ट इन्डिजका अकील होसिनलाई २ करोड, अस्ट्रेलियाका म्याथ्यु शर्टलाई १.५० करोड तथा इमर्जिङ प्रशान्त वीर र कार्तिक शर्मालाई समान १४.२० करोडमा अनुबन्ध गर्‍यो।

यस्तै, अमन खान (४० लाख), सरफराज खान (७५ लाख), राहुल चाहर (५.२० करोड) र न्युजिल्यान्डका म्याट हेनरी (२ करोड), जाकारी फुल्क्स (७५ लाख) पनि चेन्नईसँग आबद्ध भए।

ब्याटर: ऋतुराज गायकवाड, डेवाल्ड ब्रेभिस, आयुष म्हात्रे, सरफराज खान, म्याट शर्ट
विकेटकिपर: सञ्जु स्यामसन, एमएस धोनी, उर्विल पटेल, कार्तिक शर्मा
अलराउन्डर: शिवम दुबे, जाकारी फुल्क्स, रामकृष्ण घोष, श्रेयस गोपाल, जेमी ओभरटन, अकिल होसेन, अमन खान, प्रशान्त वीर
स्पिनर: नूर अहमद, राहुल चहर
फास्ट बलर: खलील अहमद, नेथन एलिस, म्याट हेनरी, गुरजपनीत सिंह, अंशुल कम्बोज, मुकेश चौधरी

रोयल च्यालेन्जर्स बेंगलुरु

डिफेन्डिङ च्याम्पियन बेंगलुरुले भेन्कटेश अय्यरलाई अघिल्लो वर्षभन्दा निकै कम मूल्यमा फिर्ता ल्याएको छ। टोली सन्तुलित देखिए पनि रिस्ट स्पिनरको ब्याकअप अझै कमजोर छ।

आरसीबीले भेन्कटेश अय्यरलाई ७ करोडमा अनुबन्ध गर्‍यो। यस्तै, न्युजिल्यान्डका ज्याकब डफी (२ करोड), भारतका मङ्गेश यादव (५.२० करोड), इंग्ल्यान्डका जोर्डन कोक्स (७५ लाख), सतवैक देशवाल, विक्की ओस्टवाल, विहान मल्होत्रा र कनिष्क चौहानलाई ३०–३० लाखमा टोलीमा भित्र्यायो।

ब्याटर: विराट कोहली, रजत पाटिदार, टिम डेभिड, देवदत पडिक्कल
विकेटकिपर: फिलिप साल्ट, जितेश शर्मा, जोर्डन कक्स
अलराउन्डर: ज्याकब बेथल, भेन्कटेश अय्यर, क्रुणाल पाण्ड्या, स्वप्निल सिंह, रोमारियो शेफर्ड, सतविक देसवाल, कनिष्क चौहान, विहान मल्होत्रा, विक्की ओस्तवाल
स्पिनर: सुयश शर्मा
फास्ट बलर: भुवनेश्वर कुमार, जोश हेजलवूड, रसिक सलाम, मङ्गेश यादव, यश दयाल, ज्याकब डफी, नुवान थुसारा, अभिनन्दन सिंह

सनराइजर्स हैदराबाद

हैदराबादले पर्याप्त पर्स हुँदाहुँदै पनि ढिलो सक्रियता देखायो। लियाम लिभिङस्टोन उनीहरूको एकमात्र ठूला खरिद रहे। मोहम्मद शमीको बहिर्गमनपछि बलिङ विभागमा अनुभवको कमी देखिन्छ, यद्यपि नयाँ स्पिन विकल्पले केही आशा जगाएको छ।

हैदराबादले इंग्ल्यान्डका लियाम लिभिङस्टनलाई सबैभन्दा महँगो १३ करोडमा अनुबन्ध गर्‍यो। यस्तै, इंग्ल्यान्डकै ज्याक एड्वार्ड्स (३ करोड), सालिल अरोरा (१.५० करोड), शिवम मावी (७५ लाख) र अन्य शिवाङ कुमार, साकिब हुसेन, ओन्कार तारमाले, अमित कुमार, प्रफुल हिङ्गे र क्राइन्स फुलेत्रालाई ३०–३० लाखमा अनुबन्ध गर्‍यो।

ब्याटर: ट्राभिस हेड, अनिकेत वर्मा, आर स्मरण
विकेटकिपर: हेनरिक क्लासेन, इशान किशन, सलिल अरोरा
अलराउन्डर: लियाम लिभिङस्टोन, अभिषेक शर्मा, नितिश कुमार रेड्डी, ब्रायडन कार्स, प्याट कमिन्स, हर्षल पटेल, कामिन्दु मेन्डिस, हर्ष दुबे, ज्याक एडवर्ड्स, शिवाङ कुमार, क्रेन्स फुलेत्रा
स्पिनर: जिशान अन्सारी, अमिट कुमार
फास्ट बलर: ईशान मालिङ्गा, जयदेव उनाडकट, शिवम मावी, ओन्कार टरमाले, साकिब हुसेन, प्रफुल हिङ्गे

मुम्बई इन्डियन्स

पाँचपटक उपाधि जितेको अर्को टोली मुम्बईले न्यून गतिविधिसहित अक्सन पूरा गर्‍यो। क्विन्टन डिककसहित केही खेलाडीलाई बेस प्राइसमा ल्याउँदै टोलीको गहिराइ बढायो। धेरै अलराउन्डर भएको कारण टोली निकै लचिलो देखिन्छ।

मुम्बईले दक्षिण अफ्रिकी विकेटकिपर ब्याटर क्विन्टन डिककलाई १ करोडमा भित्र्यायो। साथै, डेनिस मलेवार, मोहम्मद इजहार, अथर्व अंकलेकर र मयंक रावतलाई ३०–३० लाखमा अनुबन्ध गर्‍यो।

ब्याटर: रोहित शर्मा, सूर्यकुमार यादव, ड्यानिस मालेवार
विकेटकिपर: रोबिन मिन्ज, रायन रिकेल्टन, क्विन्टन डिकक
अलराउन्डर: हार्दिक पाण्ड्या, मिचेल स्यान्टनर, शेरफेन रदरफोर्ड, शार्दुल ठाकुर, विल ज्याक्स, तिलक वर्मा, नमन धिर, राज बावा, कोर्बिन बोश्च, अथर्व अन्कोलेकर
स्पिनर: मयंक मार्कण्डे, अलाह गजनफर, रघु शर्मा
फास्ट बलर: जसप्रीत बुमराह, ट्रेन्ट बोल्ट, दीपक चाहर, अश्वनी कुमार, मोहम्मद इजहार

गुजरात टाइटन्स

सीमित बजेटसहित अक्सनमा आएको गुजरातले जेसन होल्डरलाई मुख्य खरिद बनायो। टोलीको कोर संरचना बलियो देखिन्छ र कम विदेशी खेलाडी प्रयोग गरेर पनि सन्तुलित स्क्वाड तयार गरेको छ।

गुजरातले वेस्ट इन्डिजका जेसन होल्डरलाई ७ करोडमा अनुबन्ध गर्‍यो। यस्तै इंग्ल्यान्डका टम ब्यान्टन (२ करोड), लुक वुड (७५ लाख), भारतका अशोक शर्मा (९० लाख) र पृथ्वी राज (३० लाख) पनि टोलीमा आबद्ध भए।

ब्याटर: शुभमन गिल, साई सुदर्शन, टम ब्यान्टन, ग्लेन फिलिप्स, शाहरुख खान
विकेटकिपर: जस बटलर, अनुज रावत, कुमार कुशाग्र
अलराउन्डर: जेसन होल्डर, राशिद खान, वासिङ्टन सुन्दर, राहुल तेवतिया, मानव सुथार, निशान्त सिन्धु, जयन्त यादव, अर्शद खान
स्पिनर: साई किशोर
फास्ट बलर: कगिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, लुक वुड, गुरनूर ब्रार, इशान्त शर्मा, अशोक शर्मा, पृथ्वी राज यार्रा

कोलकाता नाइट राइडर्स

कोलकाताले क्यामरन ग्रीनलाई रेकर्ड मूल्यमा भित्र्याउँदै अक्सनको केन्द्रमा रह्यो। आन्द्रे रसेलको स्थान भर्ने ग्रीनसँगै टोलीमा सबै विभागमा गहिराइ देखिन्छ, तर अन्तिम संयोजन छान्नु चुनौतीपूर्ण हुन सक्छ।

अक्सनकै सबैभन्दा महँगो खेलाडी अस्ट्रेलियन क्यामरन ग्रिनलाई २५.२० करोडमा अनुबन्ध गरेको कोलकाताले श्रीलंकाका मथिसा पथिराना (१८ करोड), बंगलादेशका मुस्ताफिजुर रहमान (९.२० करोड), भारतका तेजस्वी दहिया (३ करोड), न्युजिल्यान्डका फिन एलेन (२ करोड), रचिन रविन्द्र (२ करोड), भारतका आकाश दीप (१ करोड)लाई टोलीमा समेट्यो।

ब्याटर: अजिंक्या रहाणे, अङ्कृष रघुवंशी, मनीष पाण्डे, राहुल त्रिपाठी, रिंकु सिंह, रोभमन पावेल
विकेटकिपर: फिन एलन, टिम सिफर्ट, तेजस्वी दहिया
अलराउन्डर: क्यामरन ग्रीन, सुनिल नराइन, रचिन रविन्द्र, अनुकुल रोय, रमनदीप सिंह, दक्ष कामरा, सार्थक रञ्जन
स्पिनर: वरुण चक्रवर्ती, प्रशान्त सोलंकी
फास्ट बलर: मथिशा पथिराना, मुस्ताफिजुर रहमान, हर्षित राणा, आकाश दीप, कार्तिक त्यागी, वैभव अरोरा, उमरान मलिक

राजस्थान रोयल्स

राजस्थानले स्पिन विभागलाई प्राथमिकतामा राख्दै रवि बिश्नोईसहित थप रिस्ट स्पिनर भित्र्यायो। एडम मिल्नेको आगमनले पेस आक्रमणमा पनि गहिराइ थपेको छ, यद्यपि एक भरपर्दो अलराउन्डरको अभाव महसुस हुन सक्छ।

राजस्थानले रवि बिश्नोईलाई ७.२० करोडमा टोलीमा भित्र्यायो। यस्तै, एडम मिल्ने (२.४० करोड), कुलदीप सेन (७५ लाख), सुशान्त मिश्र (९० लाख), रवि सिंह (९५ लाख) तथा अन्य खेलाडीहरूलाई विभिन्न मूल्यमा अनुबन्ध गर्‍यो।

ब्याटर: यशस्वी जैसवाल, लुआन–ड्रे प्रिटोरियस, शिमरोन हेटमायर, वैभव सूर्यवंशी, शुभम दुबे, अमन राव
विकेटकिपर: ध्रुव जुरेल, रवि सिंह
अलराउन्डर: रविन्द्र जडेजा, साम करान, रियान पराग, डोनोभान फेरेइरा, युधवीर सिंह
स्पिनर: रवि बिश्नोई, यश राज पुन्जा, विग्नेश पुथुर
फास्ट बलर: जोफ्रा आर्चर, एडम मिल्ने, सन्दीप शर्मा, तुषार देशपाण्डे, नान्द्रे बर्गर, क्वेना माफाका, कुलदीप सेन, सुसान्त मिश्र

पञ्जाब किङ्स

साविक उपविजेता पञ्जाबले धेरै परिवर्तन गर्नुपरेन। अस्ट्रेलिया खेलाडीहरू अझै थप्ने क्रममा कूपर कोनोली र बेन ड्वार्शुइस अनुबन्ध गरेको छ ।

पञ्जाबले कुपर कोनोलीलाई ३ करोड, बेन ड्वार्शुइसलाई ४.४० करोडमा अनुबन्ध गर्‍यो। साथै, प्रविण दुबे र विशाल निशादलाई ३०–३० लाखमा टोलीमा समेट्यो।

ब्याटर: श्रेयस अय्यर, नेहाल वधेरा, प्रियंश आर्या, हरनूर सिंह, प्यला अविनाश
विकेटकिपर: प्रभसिमरन सिंह, विष्णु विनोद
अलराउन्डर: मार्कस स्टोइनिस, मार्को यानसेन, अजमतुल्लाह ओमरजाई, कूपर कोनोली, बेन ड्वार्शुइस, हरप्रीत ब्रार, शशांक सिंह, मिचेल ओवेन, मुशीर खान
स्पीनर: युजवेन्द्र चहल, प्रविण दुबे
फास्ट बलर: अर्शदीप सिंह, लकी फर्गुसन, विजयकुमार वाइशाक, जेभियर बार्टलेट, यश ठाकुर, विशाल निशाद

दिल्ली क्यापिटल्स

दिल्लीको सबैभन्दा ठूलो बल भनेकै बहुआयामिक स्क्वाड हो। परिस्थिति अनुसार टोलीले संयोजन सजिलै परिवर्तन गर्न सक्छ, जसले उनीहरूलाई निकै खतरनाक बनाएको छ।

दिल्लीले डेभिड मिलर र बेन डकेटलाई समान २ करोडमा अनुबन्ध गर्‍यो। यस्तै, अकिब नबी (८.४० करोड), पथुम निसांका (४ करोड), लुंगी एन्गिडी (२ करोड), काइल जेमिसन (२ करोड), पृथ्वी श (७५ लाख) र साहिल पारख (३० लाख) पनि दिल्लीसँग आबद्ध भए।

ब्याटर: पृथ्वी श, करुण नायर, नितिश राणा, डेभिड मिलर, समीर रिजवी, पथुम निसांका, आशुतोष शर्मा
विकेटकिपर: केएल राहुल, ट्रिस्टन स्टब्स, बेन डकेट, अभिषेक पोरेल
अलराउन्डर: अक्षर पटेल, काइल जेमिसन, औकिब नबी, विप्रज निगम, माधव तिवारी, टी विजय, अजय मण्डल
स्पिनर: कुलदीप यादव
फास्ट बलर: मिचेल स्टार्क, टी नटराजन, लुंगी एनगिडी, मुकेश कुमार, दुश्मन्था चमेरा

लखनउ सुपर जायन्ट्स

डेभिड मिलरलाई रिलिज गरेपछि लखनउले भरपर्दो फिनिसर पाउन सकेन। जोश इङ्लिस र वानिन्दु हसरङ्गाले टोलीलाई गहिराइ त दिएका छन्, तर उपलब्धता र फिटनेसले चुनौती थप्न सक्छ।

इंग्लिसलाई ८.६० करोड खर्चेको लखनउले लखनउले वानिन्दु हसरंगा र एनरिच नोर्त्जे दुवैलाई २–२ करोडमा अनुबन्ध गर्‍यो। यस्तै मुकुल चौधरी (२.६० करोड), अक्षत रघुवंशी (२.२० करोड) र नमन तिवारी (१ करोड) पनि लखनउसँग आबद्ध भए।

ब्याटर: एइडेन मार्करम, आयुष बदोनी, अब्दुल समद, म्याथ्यु ब्रिट्जके, हिम्मत सिंह, अक्षत रघुवंशी
विकेटकिपर: रिषभ पन्त, निकोलस पूरन, जोश इङ्लिस, मुकुल चौधरी
अलराउन्डर: मिचेल मार्श, वानिन्दु हसरङ्गा, शाहबाज अहमद, अर्शिन कुलकर्णी
स्पिनर: दिग्वेश राठी, एम सिद्धार्थ
फास्ट बलर: मोहम्मद शामी, मयंक यादव, एनरिच नोर्त्जे, आवेश खान, मोहसिन खान, आकाश सिंह, अर्जुन तेन्दुलकर

-क्रिकइन्फोबाट साभार गरी तयार गरिएको

आईपीएल अक्सन आईपीएल क्रिकेट आईपीएल २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय