काठमाडौ । राजेश पायल राईको स्वर रहेको आधा दर्जन गीतमा मोडलिङ गरेकी छिन् केकी अधिकारीले । दर्शकले हेर्दा उनीहरु एउटै भिडियोमा कैद भएको पनि देखिन्छ ।
तर, आजसम्म एउटा पनि दृष्यमा उनीहरुले सँगै अभिनय गरेका छैनन् । ‘मेरो स्वरमा उहाँले मोडलिङ गर्नु भएको छ तर, एउटै दृष्यमा हामी देखिएका छैनौं ।’ राजेशले अनलाइनखबरसँग भने ।
एउटै दृष्यमा नदेखिएर के भो त ? राजेशको स्वर केकीलाई मन पर्छ भने केकीको अभिनयवाट राजेश प्रभावित छन् । ‘उहाँको अभिनय मलाई एकदमै राम्रो लाग्छ ईनोसेन्ट शैलिवाट प्रभावित छु ।’ राजेश भन्छन् ।
केही कार्यक्रममा उनीहरुको भेट पनि भएको छ । संगै बसेर तस्बिर पनि खिचेका छन् । तर, एउटै दृष्यमा देखिने साईत अझै जुरेको छैन ।
हालै पनि राजेश पायलकै एल्बम ‘मुर्छना-२’ को एउटा गीतको म्युजिक भिडियो निर्माण भएको छ । त्यसमा केकीले अभिनय गरेकी छिन् । लोकेन साँवा लिम्बुको निर्देशनमा भिडियो तयार भएको भिडियोमा केकीको अभिनय राम्रो रहेको राजेशले बताए ।
प्रतिक्रिया 4