News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले तालाभेरालाई ३-२ ले हराउँदै स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
- एट्लेटिको मड्रिडले एट्लेटिको बालेरासलाई ३-२ ले हराएर अन्तिम १६ मा स्थान बनाएको छ।
- किलियन एमबाप्पेले रियलको जितमा दुई गोल गरे भने एन्टोइन ग्रिजमानले एट्लेटिकोको जितमा दुई गोल गरे।
३ पुस, काठमाडौं । मड्रिडका दुई क्लब रियल मड्रिड र एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएका आ-आफ्ना खेलमा रियल र एट्लेटिको दुवैले समान ३-२ गोलअन्तरको जित निकालेका हुन् ।
रियलले तालाभेरालाई ३-२ ले हरायो । रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एक गोल उपहार पायो । तालाभेराका लागि नाहुएल आरायो र गोन्जालो डि रेन्जोले एक-एक गोल गरे ।
खेलको ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मानुयल फरान्डोबाट आत्मघाती गोल भएपछि रियलले २-० को अग्रता लियो ।
दोस्रो हाफको ८०औं मिनेटमा आरायोले गोल गरेपछि खेल २-१ को अवस्थामा आयो । ८८औं मिनेटमा एमबाप्पेले फेरि गोल गर्दै रियललाई ३-१ को अग्रतामा पुर्याए ।
इन्जुरी समयमा डि रेन्जोले गोल गरेपनि बराबरी वा जितका लागि भने पर्याप्त रहन सकेन ।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले एट्लेटिको बालेरासलाई ३-२ ले हरायो । एन्टोइन ग्रिजमानले दुई गोल गर्दा जियाकोमो रासपाडोरीले एक गोल गरे । बालेरासका जेरार्डो बोनेट र मोहमदउ केइताले एक-एक गोल गरे ।
१६औं मिनेटमा ग्रिजमानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा रासपाडोरीले गोल गर्दै अग्रता दोब्बर पारे । २८औं मिनेटमा बालेरासका लागि बोनेटले गोल गरे ।
७२औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि एट्लेटिको ३-१ ले अगाडि बढ्यो । ९०औं मिनेटमा केइताले पेनाल्टीमार्फत गोल गरे । तर त्यसपछि कुनै गोल भएनन् ।
प्रतिक्रिया 4