फाइल तस्वीर
४ पुस, काठमाडौं । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १२ जना पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4