+
+
Shares

शहरी विकास मन्त्री घिसिङको आह्वान : बाँसलाई निर्माण सामग्रीमा प्रयोग गरौँ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १४:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन २०८२ विमोचन गर्दै यसको प्रयोग गर्न आह्वान गर्नुभयो।
  • मन्त्री घिसिङले बाँसको प्रयोगले रोजगारी सिर्जना, ग्रामिण अर्थतन्त्र मजबुत र व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताउनुभयो।
  • मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगसम्बन्धी मापदण्ड र भूकम्प प्रतिरोधी घरका नमुना डिजाइन समावेश गरेको छ।

४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गर्दै यसलाई निर्माण सामग्रीका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् ।

शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधी, इन्जिनियरिङ समुदायका विज्ञ उपस्थित थिए ।

मन्त्री घिसिङले रैथाने नेपाली बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गर्न प्रोत्साहान गर्नुपर्ने बताए । यसले रोजगारी सिर्जना भई ग्रामिण अर्थतन्त्र समेत मजबुत हुन सक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मद्दत गर्न सक्ने बताए । आकासबाट हेर्दा नेपालका बस्तीहरुको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगबाट जस्ताको विकल्प समेत खोज्न सुझाव दिए ।

हरित निर्माण सामग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने उनले बताए । हाइड्रोपावरका कन्स्ट्रक्सन क्याम्प निर्माणमा समेत बाँसको प्रयोग गरिनुपर्नेमा उनले जोड दिए ।

ह्याविटाट फर ह्युमानिटी नेपाल प्रमुख एलिजा स्थापितले मार्गदर्शन जारी भएकोमा खुसी व्यक्त गर्दै यस ऐतिहासिक कार्यप्रति शहरी विकास मन्त्रालयलाई धन्यवाद दिइन् । उनले भविष्यमा बाँसको प्रबर्द्धनात्मक काममा संस्थाबाट सधै सहयोग रहने बताइन् ।

मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ्ग, रासायनिक उपचार, भण्डारण र प्रयोगलगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगद्वारा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सकिने सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरणसहित घरका नमुना डिजाइन समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?