News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन प्रमुख रहेको र मतपरिणाम स्वीकार गरेर पार्टी अघि बढेको बताएका छन्।
- ओलीले भने, \'पार्टीमा आँच आउने कुनै पनि काम नहुन् र हामी सुदृढ अनुशासनमा बस्छौँ।\'
- उनले भने पार्टीलाई \'राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन\'।
४ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको बताएका हुन् ।
‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौं । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो। अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन’ उनले भने, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन । यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’
जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एक जना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’
प्रतिक्रिया 4