+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु हुँदै

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेता–कार्यकर्ताहरूले उपत्यकाका विभिन्न ठाउँबाट र्‍याली सुरू गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते १२:०९
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुँदैछ । भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय एकता सन्देश सभा गर्न लागेको हो ।

सभाका लागि मञ्च व्यवस्थापनको काम सकिएको छ । अहिले उपत्यका तथा वरपरका जिल्लाबाट नेता-कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शनी मार्ग  जान थालेका छन् । मुख्य मञ्ज पद्मोदय मोड नजिक बनाइएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता-कार्यकर्ताहरू सुन्धाराबाट र्‍याली सुरू गर्ने छन् ।

रत्नपार्कबाट तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली आउँदै छ । यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी-मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं-१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट सुरू हुनेछ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?