+
+
Shares

सन्देश सभाअघि नेपाली कम्युनिस्ट पार्टीको र्‍यालीसहित प्रदर्शन (तस्वीरहरू)

बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका नेता-कार्यकर्ताहरु र्‍यालीसहित कार्यक्रम स्थलमा पुगेका छन् ।

शंकर गिरी शंकर गिरी
२०८२ पुष ५ गते १३:३७

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि प्रदर्शन गरेको छ । विभिन्न स्थानबाट र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

बागमती प्रदेशस्तरीय एकता सन्देश सभा प्रदर्शनी मार्गमा सुरु भएको छ । नेता कार्यकर्ताहरु काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीहरू सहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेका छन् ।

उपत्यका तथा वरपरका जिल्लाबाट आएका नेता–कार्यकर्ताहरू र्‍यालीसहित प्रदर्शनीमार्ग पुगेका हुन् । केही नेता-कार्यकर्ता पुगेका छन् भने केही पुग्दैछन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार काठमाडौंको पश्चिम भेग, चितवन, धादिङ, मकवानपुर र ललितपुरका नेता–कार्यकर्ताहरू सुन्धाराबाट र्‍यालीसहित कार्यक्रमस्थल पुगेका छन् ।

रत्नपार्कबाट सुरु भएको तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली पनि पुगेको छ ।

यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट कार्यक्रम स्थल प्रवेश गर्दैछ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?