+
+
Shares

राप्रपा उम्मेदवार सिफारिस : झापा-३ मा लिङ्देन, काठमाडौं-१ मा मिश्र

लोकेन्द्रबहादुर चन्दका छोरा बैतडी, खुश्बु काठमाडौं-९

काठमाडौं क्षेत्र नम्बर ६ मा पनि तीन जनाकै नाम सिफारिस भएको छ । जसमा डा, प्रकाशचन्द्र लोहनी, राजाराम श्रेष्ठ र उद्धवराज भेटवाल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ५ गते २१:०१

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् ।

पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ । जस क्रममा लिङ्देनलाई झापा–३ बाट सिफारिस गरिएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । उनीसहित रामेश्वर श्रेष्ठ र राम तन्डुकारलाई पनि काठमाडौं–१ को उम्मेदवारको रुपमा क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर ६ मा पनि तीन जनाकै नाम सिफारिस भएको छ । जसमा डा, प्रकाशचन्द्र लोहनी, राजाराम श्रेष्ठ र उद्धवराज भेटवाल रहेका छन् ।

काठमाडौं–७ मा लालकुमार लामा, ध्रुव विक्रम मल्ल र विनोद श्रेष्ठ सिफारिस भएका छन् ।

काठमाडौ –९ मा खुस्बु ओली, इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज भण्डारी गरेर पाँच जनाको नाम सिफारिस भएको छ ।

बैतडीमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन्द्र चन्दको नाम सिफारिस भएको छ ।

कैलाली–१ मा लोकेन्द्र कुँवरको नाम सिफारिस भएको छ । काभ्रे–१ मा नवराज सत्याल, काभ्रे–२ मा रञ्जिव श्रेष्ठ, रामेछापमा आङनीमा शेर्पा र मणिराम तामाङको नाम केन्द्रमा सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?