+
+
Shares

कविता : दूरी

श्याम गैरे श्याम गैरे
२०८२ पुष ६ गते ७:२०
Listen News
0:00
0:30
🔊

हिउँदको बर्फिलो सिरेटो
चिहानको बाटो
विद्यार्थीलाई के के हो के के सिकाउँछु भन्दै
बहकिएको हो
एउटा मास्टर
मार्कर बोकेर।

उमेरले उकालो लाग्दै गर्दा
लागेका कक्षाका ओरालीहरू
आफ्नो र उनीहरूको उमेरको दूरी निकाल्न
सिकाउन खोज्दा
तप्प मार्करको मसी झरेको हो
आँखाबाट।

चिसो र घाँटी बीच घर्षण हुँदा
उसको जीवनमा कहिल्यै बनेनन्
रहरका सङ्ग्रहालय
तर पनि उसले छोडेन
विग व्याङ्ग थ्यौरी सत्य हो
भनेर पढाउन।

मार्करका निभहरू जसरी
सुक्न थाल्यो उसको घाँटी
तर पनि
साराका रङ्गीन सपनाहरूमा
मसीले सिञ्चन गरिरह्यो।

मास्टरले ब्रह्माण्डको दूरीदेखि
डीएनएसम्म सिकायो
तर आफ्ना सपनाहरूको सिमाना
नाप्ने हिसाब कहिल्यै मिलाउन सकेन।

जीवावशेषको जग पढाउँदा पढाउँदै
आफ्नो अस्तित्व पत्रे चट्टान भित्र लुकेको
कुरा मास्टरले कसरी पत्तो पाउनु ?

अर्थतन्त्रको ग्रहणले
जीवनलाई धपक्कै ढाक्दा पनि
उसले आजीवन
मार्करमा मसी भरिरह्यो।

मसीले लतपतिएको मास्टरको कहानी,
मार्कर र मास्टर बीचको दूरी
के तपाईंले देख्नुभएको छ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?