Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १ सय पाँच रुपैयाँ पुगेको छ जुन पहिलो पटक ४ हजार नाघेको हो।
- चाँदीको भाउ शुक्रबारको तुलनामा १ सय रुपैयाँले बढेको छ भने सुनको भाउ १ सय रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ।
६ पुस, काठमाडौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार चाँदी प्रतितोला १ सय रुपैयाँले बढेसँगै ४ हजार १०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५ रुपैयाँ थियो ।
आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4