+

इंग्ल्यान्डविरुद्ध लगातार तेस्रो जितसँगै अस्ट्रेलियाले रिटेन गर्‍यो ‘एसेज’

२०८२ पुष  ६ गते ११:३५ २०८२ पुष ६ गते ११:३५
इंग्ल्यान्डविरुद्ध लगातार तेस्रो जितसँगै अस्ट्रेलियाले रिटेन गर्‍यो ‘एसेज’
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसेज टेस्ट सिरिजको तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ८२ रनले पराजित गर्दै सिरिजमा ३–० को अग्रता लिएको छ।
  • अस्ट्रेलियाले चौथो इनिङमा दिएको ४३५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३५२ रनमा अलआउट भयो।
  • मिचेल स्टार्कले निर्णायक समयमा तीन विकेट लिए भने स्कट बोल्यान्डले अन्तिम विकेट लिएका थिए।

६ पुस, काठमाडौं । एसेज टेस्ट सिरिजअन्तर्गत आइतबार एडिलेडमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ८२ रनले पराजित गर्दै ‘एसेज’ रिटेन गरेको छ। यस जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको सिरिजमा ३–० को अग्रता पनि लिएको छ।

चौथो इनिङमा अस्ट्रेलियाले दिएको ४३५ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३५२ रनमा अलआउट भयो। जेमी स्मिथले ६० र विल ज्याक्सले ४७ रन बनाएर केही समय आशा जगाए पनि लक्ष्य निकै ठूलो साबित भइसकेको थियो। ब्राइडन कार्स ३९ रनमा नटआउट रहे।

अस्ट्रेलियाका मिचेल स्टार्कले पाँचौं दिनको खेलको निर्णायक समयमा तीन विकेट लिए। स्कट बोल्यान्डले अन्तिम विकेटका रूपमा जोश टङलाई आउट गरे । उनको क्याच दोस्रो स्लिपमा मार्नस लबुशानले समाते। अनुभवी स्पिनर नेथन लायन ह्यामस्ट्रिङ चोटका कारण मैदान छोड्न बाध्य भए पनि अस्ट्रेलियाको बलिङ प्रभावशाली रह्यो।

पहिलो इनिङ्समा अस्ट्रेलियाले ३७१ रन बनाएको थियो। एलेक्स केरीले शतकसहित १०६ रन प्रहार गरे भने उस्मान ख्वाजाले ८२ रन जोडे। जवाफमा इंग्ल्यान्ड २८६ रनमै समेटियो र पहिलो इनिङ्समा ८५ रनले पछि पर्‍यो।

दोस्रो इनिङ्समा ट्राभिस हेडले शानदार १७० रन बनाए। केरीले ७२ रन बनाए । हेड र केरीबीच पाँचौं विकेटका लागि १६२ रनको साझेदारी भएपछि अस्ट्रेलियाले अलआउट हुनुअघि ३४९ रन बनायो ।

चौथो इनिङ्समा इंग्ल्यान्डको सुरुआत कमजोर रह्यो। बेन डकेट र ओली पोप छिट्टै आउट भए। जाक क्रली (८५) र जो रुटले केही समय सम्हाले पनि प्याट कमिन्स र लायनको बलिङले इंग्ल्यान्ड फेरि धराशायी बन्यो।

पाँचौँ दिन २०७–६ बाट खेल थालेको इंग्ल्यान्डले थप १४५ रन जोडे पनि जितका लागि पर्याप्त भएन। यो जितसँगै अस्ट्रेलियाले ११ दिनमै एसेज जित्दै इतिहासकै छिटो सिरिज जितमध्ये एक बराबरी पनि गरेको छ।

इंग्ल्यान्ड सन् २०१०–११ यता अस्ट्रेलियामा टेस्ट सिरिज जित्न असफल हुँदै आएको छ। ‘बाजबल’ शैलीको धेरै चर्चा भए पनि अस्ट्रेलियाली परिस्थितिमा इंग्ल्यान्ड फेरि असफल देखिएको छ ।

अस्ट्रेलिया क्रिकेट एसेज सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय