+

हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा

२०८२ पुष  ६ गते १२:१६ २०८२ पुष ६ गते १२:१६
हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको उत्तरढोकामा क्रिकेट सामग्री पाइने हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा आएको छ।
  • पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले स्टोरको उद्घाटन गर्दै रिबन काटेका छन्।
  • राष्ट्रिय क्रिकेटर नन्दन यादवलाई स्टोरको ब्रान्ड एमबासडर घोषित गरिएको छ।

६ पुस, काठमाडौं । क्रिकेटका विभिन्न सामग्रीहरू पाइने हिमालयन विलो स्टोर आइतबारदेखि सञ्चालनमा आएको छ ।

नेपाली क्रिकेट टोलीका सहायक प्रशिक्षक एवम् पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले रिबन काटेर स्टोरको उद्घाटन गरे ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चित ब्राण्डहरुलाई एकै स्थानमा समेट्ने प्रयास स्वरुप स्थापना भएको हिमालयन विलोको स्टोर काठमाडौंको उत्तरढोकामा अवस्थित छ ।

केही दिनअघि राष्ट्रिय क्रिकेटर नन्दन यादवलाई स्टोरको ब्रान्ड एमबासडर समेत घोषित गरिएको थियो ।

स्टोरमा क्रिकेटका चर्चित ब्रान्डका किट एवम् सामग्रीहरू खरिद गर्न सकिन्छ ।

हिमालयन विलो स्टोर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय