News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'झरीपछिको इन्द्रेणी' को नयाँ गीत 'जब फर्किन्छु घर' सार्वजनिक भएको छ।
- फिल्मले राजनीतिक अस्थिरता र नयाँ पुस्ताको आक्रोशलाई कथामा प्रस्तुत गरेको छ।
- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शनरत फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको बेला निर्माताले नयाँ गीत ‘जब फर्किन्छु घर’ रिलिज गरेका हुन् ।
गीतमा मनोज थापामगरको संगीत संयोजन, गणेश कार्कीको शब्द रचना, हेमन्त रानाको स्वर छ । गीतमा भिडियोमा कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल, दिप्सन चिलवाल फिचर्ड छन् ।
फिल्म हलमा रिलिज भएसँगै कलाकार हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । यो फिल्मलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेन–जी नेता सुदन गरुङ लगायतले हेरेका छन् ।
उनीहरु सबैले फिल्म उत्कृष्ट बनेको बताउँदै सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका छन् । यो फिल्मबाट पाका अभिनेता गणेश उप्रेतीले पुनरागमन गरेका छन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको मुलुकको फिल्ममा राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको असर र नयाँ पुस्ताको आक्रोशलाई कथाको रुपमा पेश गर्छ । इमानदार कर्मचारी र सन्तानको मर्मस्पर्शी कथा पनि छ ।
प्रतिक्रिया 4