+
+
Shares

दलहरूलाई सागर ढकालको प्रश्न : ७५ वर्षसम्म एउटा सरकार पनि पाँचै वर्ष किन चलेन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १५:२६

७ पुस, काठमाडौं । जेनजी अगुवा सागर ढकालले २१ फागुनमा तय भएको चुनाव समयमै हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा बोल्दै उनले २१ फागुनको चुनावमा नयाँ पद्धति समेत स्थापित हुनुपर्ने बताए ।

छलफलमा गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने, अन्तर निर्वाचन क्षेत्र मतदान गर्न पाउने र नो भोटको प्रावधानाई कानुनमा समेटेर जाने गरी विधेयकको मस्यौदा तयार भएर अगाडि बढाइएको भनेर सुझाव मागेको छ ।

पुराना राजनीतिक दलले अल्झाउन खोजेको, निर्वाचन आयोग लगायतका निकायले समेत नयाँ प्रावधान लागु गर्ने विषयमा ठोस निर्णय नलिएको भनेर उनले असन्तुष्टि जनाए ।

‘ठूला पार्टीलाई भन्न चाहन्छु– ७५ वर्षसम्म एउटा सरकार पाँचै वर्ष किन चलेन ? यो कहिले दिने हो ? । फेरि पनि पार्टी मार्त्रै नसोच्नुस् । देश सोचिदिनुस्’ उनले भने, ‘अबको १५/२० वर्षमा देश समृद्ध बनाउनुपर्ने छ । यसका लागि नयाँ ढंगले जान जरुरी छ ।’

२१ फागुनको चुनाव केवल चुनावका लागि नभएर परिवर्तनका लागि हुन लागेको ख्याल गर्न पनि उनको आग्रह छ ।

‘सर्वोच्च अदालतले भनेको कहिले लागु गर्ने हो ? सँधैभरि बाहनाबाजी गरिरहेर हुन्छ त ? कम्तीमा पनि २१ फागुनको चुनावमा नयाँ पद्धति स्थापित गर्ने चुनाव हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?