+
+
Shares

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- कानुन भनेको मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नु होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १९:२४

७ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छिन् ।

सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन् । रातारात सबै कुरा नहुने भन्दै क्रमश: सरकारले काम गरिरहेको पनि उनले बताइन् ।

नेकपा एमाले अध्यक्ष एवं जेनजी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताइन् । साथै,  मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा नभएको उनको भनाइ छ ।

‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुपर्‍यो नि, विकास त हुनुपर्‍यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुन भनेको । हामी त कानुनका ज्ञाता मान्छेहरू हौं । त्यसका पनि घडी छन्,’ उनले भनिन् ।

आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी पनि उनले गरिन् ।

‘आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सीआइबीले काम गरेको गर्‍यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?