+

ट्रफी बोकेर हिमाली जिल्ला रुकुमपूर्व पुग्यो लुम्बिनी लायन्स (तस्वीरहरू)

२०८२ पुष  ८ गते ६:५२ २०८२ पुष ८ गते ६:५२
ट्रफी बोकेर हिमाली जिल्ला रुकुमपूर्व पुग्यो लुम्बिनी लायन्स (तस्वीरहरू)

​८ पुस, रुकुमकोट । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स यतिबेला खुसी साट्न मैदानबाट जनस्तरमा पुगेको छ । ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’ अन्तर्गत सोमबार लुम्बिनीको टोली देशकै कान्छो जिल्ला रुकुमपूर्व पुगेको छ । साँझको समयमा ट्रफीसहित विजेता टोली आइपुग्दा वातावरण निकै उत्साहपूर्ण बनेको बन्यो ।

​लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वका खेलप्रेमीहरू पहिलोपटक ट्रफीलाई आफ्नै आँगनमा पाउँदा हर्षविभोर देखिएका थियो ।

​सदरमुकाम रुकुमकोटको छिप्रिदह बजारदेखि पर्यटकीय स्थल कमल तालको परिसरमा क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति रहेकाे थियो । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पन्छाउँदै ट्रफी जितेको लुम्बिनी लायन्सले यो सफलतालाई आफ्नो प्रदेशका बाह्रै जिल्लाको साझा गौरवको रूपमा मनाइरहेको छ ।

​बाँकेबाट सुरु भएको ट्रफी टुर बर्दिया र दाङ हुँदै तेस्रो दिन रुकुम पूर्व पुगेको हो । रुकुमपूर्वका युवाहरूमा उत्तिकै प्रगाढ देखिएको छ । सोमबार साँझ रुकुमपूर्व पुर्‍याइएको ट्रफी मंगलबार बिहान भूमे गाउँपालिकामा प्रदर्शन गरिएको छ ।

​लुम्बिनी लायन्सको यो यात्रा ट्रफी देखाउनमा मात्र सीमित छैन । टोलीले प्रदेशका सबै जिल्ला घुमेर क्रिकेटको माहोल तताउने लक्ष्य राखेको बताएको छ। स्थानीय समर्थकहरूसँग खुसी साट्ने र क्रिकेट क्रेज बढाउने रुकुमपूर्वमा ट्रफीसँग तस्वीर खिचाउन निकै चासो दिखिएको थियो ।

१२ वटै जिल्लाको भ्रमण सकेपछि पुस १६ गते (सन् २०२५ को अन्तिम दिन) बुटवलमा भव्य समापन हुनेछ । ​बुटवलमा हुने उक्त ‘ग्रान्ड सेलिब्रेसन’लाई ‘न्यु इयर इभ’ सँग जोडेर अझ विशेष बनाउने क्लबको तयारी छ ।

तस्वीर : बालाराम शेर्पाली

 

एनपीएल लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय