+
+
Shares

नेपाल टेलिकमको नगद लाभांश घोषणा, बोलायो साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँ करसहित नगद लाभांश दिने निर्णय गरेको छ।
  • लाभांश अर्थमन्त्रालय र आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।
  • कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा गर्ने र पुस २० गते बुक क्लोज मिति तोकेको छ।

९ पुस, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । लाभांश अर्थमन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २० गते बुक क्लोजको प्रारम्भिक मिति तोकिएको छ । सोभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?