+
+
Shares

पूर्णबहादुरले एक महिनासम्म पनि गठन गरेनन् विधान संशोधन मस्यौदा समिति

नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको एकमहिना पुग्न लाग्दासमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान मस्यौदा समिति गठन गर्न सकेका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय समितिले विधान मस्यौदा समिति गठन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई एकमहिना भइसक्दा पनि निर्देशन दिएको छ।
  • कार्यवाहक सभापति खड्काले २४ मंसिरमा क्रियाशील सदस्यता छानविन समिति र २१ मंसिरमा निर्वाचन समिति गठन गरिसकेका छन्।
  • कांग्रेसले पुस २६ देखि २८ गते १५ औं महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ तर विधान मस्यौदा समिति अझै गठन हुन सकेको छैन।

९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको एकमहिना पुग्न लाग्दासमेत कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान मस्यौदा समिति गठन गर्न सकेका छैनन् ।

विधान संशोधन मस्यौदा समितिले आवश्यक संशोधन गर्नुपर्ने विषयहरू ठहर गरी त्यसलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि तहगत अधिवेशन सुरु हुन्छ । महाधिवेशनको प्रक्रिया सुरु गर्न विधान संशोधन समिति सहित क्रियाशील सदस्यता छानविन समितिले काम सक्नुपर्छ भने निर्वाचन समितिले पूर्णता पाउनु पर्दछ ।

कार्यवाहक सभापति खड्काले २४ मंसिरमा क्रियाशील सदस्यता छानविन समिति गठन गरेका छन् भने २१ मंसिरमा निर्वाचन समितिलाई पूर्णता दिएका छन् ।१५ मंसिरमा केन्द्रीय समिति बैठकले विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेपनि हालसम्म गठन हुन सकेको छैन ।

विधान मस्यौदा समितिको संयोजक महामन्त्री हुने यसअघि प्रचलन थियो । महामन्त्रीले उक्त पदको जिम्मेवारी नलिने भए मात्रै अन्य व्यक्तिलाई सभापतिले तोक्नसक्ने नेताहरु बताउँछन् । विधान संशोधन मस्यौदा समितिको संयोजक सहित सदस्य तोक्ने अधिकार कार्यवाहक सभापति खड्कालाई छ ।

केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि आवश्यक समिति गठन अधिकार कार्यवाहक सभापति खड्कालाई दिएको छ । संस्थापन पक्षले नेता कृष्ण सिटौला इच्छाएको सभापति देउवा निकट एक नेताले जानकारी गराएका छन् । उनी भन्छन्, ‘एउटा पक्षले सिटौला हुनुपर्ने भनेको छ । महामन्त्रीबाट नै विधान संशोधन मस्यौदा समितिको संयोजक विगतमा तोक्ने चलन थियो । कार्यवाहक सभापतिले समयमा निर्णय नगरेपछि महाधिवेशनको कार्यतालिका कार्यान्वयन कसरी होला ?’ कार्यसम्पादन समितिका एक सदस्यले भने ।

२४ मंसिरमा कार्यवाहक सभापति खड्काले सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा शिवप्रसाद हुमागाईँ, डा. गोविन्दराज पोखरेल, अजय बाबु शिवाकोटी र शान्ति परियार विक सदस्य रहेको क्रियाशील छानविन समिति गठन गरेका थिए । २१ मंसिरमा निर्वाचन समितिलाई पूर्णता दिइएको छ । कार्यवाहक सभापति खड्काले निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यमा मनोनीत गरेका थिए । निर्वाचन समितिको संयोजकमा खम्बबहादुर खाती, दुई सदस्य एगराज पोखरेल र तेज रावल यसअघि नै थिए ।

कांग्रेसले यसै महिना (पुस)को २६ देखि २८ गते १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?