News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
- प्रतियोगिता पुस १२ देखि १४ गतेसम्म भारतको देहरादूनस्थित हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुँदैछ।
- नेपालबाट दुई महिला र चार पुरुष खेलाडीले विभिन्न दूरीमा प्रतिस्पर्धा गर्नेछन् र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मेडल जित्ने विश्वास व्यक्त गर्नुभएको छ।
९ पुस, काठमाडौं । नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
भारतीय आईस स्केटिङ संघको आयोजना र एसियाली आईस स्केटिङ महासंघ (एएसयू) तथा अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (आईएसयू) को सहकार्यमा हुने शर्ट ट्रयाक स्पीड आईस स्केटिङ प्रतियोगिता आगामी पुस १२ देखि १४ गतेसम्म भारतको देहरादूनस्थित हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुँदैछ।
नेपालबाट दुई महिला र चार पुरुष खेलाडी सहभागी हुँदैछन्। सिनियर पुरुष १००० मिटरमा रमेश मोक्तान र अरुण खत्वे, जुनियर महिला ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे, र जुनियर पुरुष २५० मिटरमा जेभियर जंग थापा र सायोन अर्यालले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा टिम म्यानेजर रुम्पा सन्जु श्रेष्ठ र अफिसियल सत्य थापाले पनि सहभागिता जनाउनेछन्।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागिता नेपालका लागि खुसीको कुरा भएको बताएका छन् र यस खेलबाट नेपालले मेडल जित्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको निवेदक राष्ट्रिय संघ हो।
प्रतिक्रिया 4