+
+
Shares

१७ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय प्रेम भन्ने सुरज थापा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १३:०९

१० पुस, धनगढी । कैलालीमा १७ वर्षदेखि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी डडेल्धुराको आलिताल गाउँपालिका- ८ घर भएर कञ्चनपुरको वेदकोट नगरपालिका-५ बस्ने  ४५ वर्षीय प्रेम भन्ने सुरज थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले थापालाई कञ्चनपुर प्रहरीको समन्वय पक्राउ गरेको बताए ।

उनकाअनुसार ९ भदौ २०६५ मा दर्ता भएको ५३ नम्बर मुद्दामा थापा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी थिए ।

७ भदौ २०६५ मा घटनापछि उनी घट्नास्थलबाटै फरार रहेका थिए ।

थापालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?