+
+
Shares

जेनजीसँग बालेनको प्रस्ताव- म राजनीतिमा आएँ, सहकार्य गरौं

जेनजी अगुवा युजन राजभण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि आग्रह गरेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष १० गते १७:१३

१० पुस, ललितपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन) ले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन् ।

बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले जेनजीहरूसँग यस्तो बताएका हुन् । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।

जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि  आग्रह गरेका छन् ।

‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजी एक भएर आउनुस्,’ मेयर शाहले भनेको भनाइ उद्धृत गर्दै भण्डारीले अनलाइनखबरसँग भने ।

मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । आजै मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् ।

बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका छन् ।

आजै मेयर शाह, ऊर्जामन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच पुन: छलफल हुने बताइएको छ ।

रवि र बालेनबीच बिहीबार अपराह्नसम्म अढाई घण्टा चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ ।

यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए । स्रोतका अनुसार उनले पार्टीका साथीहरुसँग सल्लाह गरेर नन्पेपर प्रिन्ट गरेर बालेन भेट्न गएका थिए, जसमा उम्मेदवारीको प्रतिशत लगायत विषय उल्लेख छन् ।

रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरे । त्यसमा सल्लाह गरे संख्या अनुपात तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?